बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति गठन « Khabarhub

बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति गठन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

गत शनिवार क्षमा पूजा गर्ने कार्यक्रममा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त बनेको थियो । लामो सयमदेखि चिनयाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच विवाद चल्दै आएको छ ।

बुधबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्याल, मन्त्रालयका पदाधिकारी सहितको बैठकले सिमति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले बौद्धनाथ क्षेत्र विकास समिति,बौद्ध तामाङ कल्याण गुठी, बौद्ध-मेलम्ची घ्याङ्ग गुठीबिचको विवाद अन्त्यका लागि सहजिकरण गर्न एवम् ति संस्थाहरुको विवाद अध्ययन गरि दिगो समाधानका लागि उपयुक्त सुझाव सहितको प्रतिवेदन तयार पेश गर्न सहसचिव तामाङको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव निरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ०८ बजे

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था