‘घामड शेरे’ को गीत: निश्चललाई साली मन पर्‍यो « Khabarhub

‘घामड शेरे’ को गीत: निश्चललाई साली मन पर्‍यो


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ को गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

‘काली मन पर्‍यो’ बोलको गीतमा भेना र साली मन परेको विषयलाई गीतका शब्दमा उनिएको छ । गीतमा शब्द र संगीत पनि कालीप्रसाद बास्कोटाले नै दिएका हुन् । यस्तै गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, बाद भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा, लगानी र निर्देशन हेमराज बिसीको रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ३० बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय