फूलपातिको अघिल्लो दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

फूलपातिको अघिल्लो दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहनुका साथै भारतको उत्तर प्रदेश आसपास नयुनचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरी आंसिक देखि सामान्य बदलि रहि पश्चिमी भुभागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रेहको छ । दशैंको टिका नजिकिएपनि पानी पर्ने क्रम नरोकिएपछि दशैं मनाउन घर जानेहरु समस्यामा परेका छन् । मौसमविद्हरुले भने केही दिन भित्रमा मनसुनमा सुधार आउने बताएका छन् ।

मौसम विभागका अनुसार शुक्रबारसम्म देशका विभिन्न स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ । शनिवार फूलपाती हो ।

असोज १५ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य बदली, मध्य तथा पुर्वी भुभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केहि स्थानमा साथै मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पुर्वी पहाडी भुभागका १ वा २ स्थानमा मेघगर्जन चट्याङको सम्भावना छ।

राती: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते (बिहिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

असोज १७ गते (शुक्रबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : २८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर