फूलपातिको अघिल्लो दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना | Khabarhub Khabarhub

फूलपातिको अघिल्लो दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहनुका साथै भारतको उत्तर प्रदेश आसपास नयुनचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरी आंसिक देखि सामान्य बदलि रहि पश्चिमी भुभागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रेहको छ । दशैंको टिका नजिकिएपनि पानी पर्ने क्रम नरोकिएपछि दशैं मनाउन घर जानेहरु समस्यामा परेका छन् । मौसमविद्हरुले भने केही दिन भित्रमा मनसुनमा सुधार आउने बताएका छन् ।

मौसम विभागका अनुसार शुक्रबारसम्म देशका विभिन्न स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ । शनिवार फूलपाती हो ।

असोज १५ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य बदली, मध्य तथा पुर्वी भुभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केहि स्थानमा साथै मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पुर्वी पहाडी भुभागका १ वा २ स्थानमा मेघगर्जन चट्याङको सम्भावना छ।

राती: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते (बिहिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

असोज १७ गते (शुक्रबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : २८ बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत