संसदको वेबसाइटबाट पनि हटाइए महरा | Khabarhub Khabarhub

संसदको वेबसाइटबाट पनि हटाइए महरा


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेवसाइटबाट हटाएको छ ।

संघीय संसदको प्रतिनिधिको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको हो । त्यसभन्दा तल डा शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।

संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती गरेको आरोप लागेपछि महराले मंगलबार(हिजो) पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : ०१ बजे

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र

जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो 

दोलखा– जिल्लाको वैतेश्वर-५ मैनापोखरी मुख्य कार्यालय रहेको जनमुखी  बचत तथा