फोर जी सेवाको विस्तारसँगै मुलुक नयाँ युगमा प्रवेशः प्रधानमन्त्री ओली « Khabarhub

फोर जी सेवाको विस्तारसँगै मुलुक नयाँ युगमा प्रवेशः प्रधानमन्त्री ओली


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले सातै प्रदेशमा आजबाट शुरुवात गरेको फोर जी सेवासँगै मुलुकले नयाँ युगमा फड्को मारेको बताएका छन् ।

फोरजी सेवा विस्तारको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘विकासको बाटोमा नेपाल’ नाराका साथ सरकार अघि बढिरहेको बताए । उनले यस सेवामा आउने समस्या सुधारका लागि नीति, कार्ययोजना बनाएर अघि बढेको बताए ।

उनले हामी हरेक दिन एक कदम अघि बढिरहेका बताए । ‘अस्तिको दिन मात्रै हामीले एउटा नयाँ घोषणा गर्‍यौं खुला दिशामुक्त क्षेत्र । यसले हामीलाई सभ्यताको उचाईमा लग्यो । हजारौं वर्षदेखिको पछौटेपन अन्त्य गरेको छ । यो सानो कुरा होइन ।’ उनले भने, ‘ आज फेरि सातै प्रदेशमा फोर जी सेवाको विस्तार गरेका छौं, यो महत्वपूर्ण उपलब्धि हो ।’

उनले यति मात्र नभएर पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरण लगायतका क्षेत्रमा पनि फड्को मारिरहेको बताए ।

उनले नेपालले पर्यटन वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउँदै अहिलेको स्थिति हेर्दा २४–२५ लाख पर्यटक भित्रन सक्ने दाबी गरे ।

यसका लागि अन्तर्राष्ट्रिय एयरपोर्टको काम अघि बढिरहेको बताए । साधन स्रोत र सामर्थ्य, बाह्य लगानी बाह्य स्रोत, टेक्नोलोजी, विज्ञान प्रविधिमा सरकाले विशेष ध्यान दिइरहेको बताए ।

प्रधानमन्त्री ओलीले समय तीव्रताका साथ अघि बढ्दै गएको बताउँदै भने, ‘पहिले टेलिफोन दरबारमा मात्र हुन्थ्यो, म युवा हुँदा हामी आबा गर्न जान्थ्यौं, कति दिन हिडेर पुग्नुपर्थ्यो, पछि टेलिफोन आयो । रेडियोमा समाचार सुन्दा अचम्म लाग्ने अवस्था थियो । अलि पछाडि टेलिभिजन आयो, टेलिफोनहरु आउन थाले । कडलेस आयो बोकेर हिड्न सकिने अवस्था भयो । अब फोरजी सेवा पनि हाम्रै पालामा विस्तार भएको छ ।’

फोर जीको विस्तारले मुलुक नयाँ युगमा फड्को मारेको बताउँदै यसले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास लिए । उनले भने , ‘यसले हामीलाई देशको अर्थतन्त्रमा समेत सेवा दिनेछ ।’

उनले विकास निर्माणका काममा पनि सवैलाई ध्यान दिन आग्रह गरे । जिम्मा लिने कम्पनीहरुले तीव्रताका साथ काम अघि बढाउन आग्रह गरे । कुनै पनि काममा बिलम्व सैह्य नहुने भन्दै काममा लापरबाही नगर्न सुझाए ।

उनले भने, ‘धेरै काम लिने पूरा नगर्ने कुरा अब स्वीकार्य हुने छैन । समयमा काम सम्पन्न हुनु नै जनताले सेवा प्राप्त गर्नु हो । विकासमा फड्को मार्नु हो । यसतर्फ सचेत बनौं ।’

उनले कुनै पनि काम सम्पन्न नगरी अलमलिएर विलम्ब गर्नु भनेको विकासमा पछि पर्नु हो यस्ता कुरा सैह्य  हुनेछैनन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ३० बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार