पिङको मज्जा लिने हैन, कहाँ कहाँ राखिएका छन् लिंगे पिङ ? (फोटो फिचर) | Khabarhub Khabarhub

पिङको मज्जा लिने हैन, कहाँ कहाँ राखिएका छन् लिंगे पिङ ? (फोटो फिचर)


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरुको प्रमुख चाड वडादशैं शुरु भइसकेको छ । बालबालिकाहरुका लागि दशैं निकै रमाइलो चाड पनि हो । नयाँ लुगा लगाउने, माछामासु खान पाउने र खेल्न पाउने भएपछि अरु के नै चाहियो र  उनीहरुलाई ?

युवाहरुका लागि दशैंमा विभिन्न ठाउँको भ्रमणमा रमाउने  पनि अर्को अवसर हुन सक्छ । त्यसो त बालबालिका देखि वृद्ध–वृद्धासम्मलाई नै पिङको रहरले उत्तिकै आकर्षित गर्छ । ।

दशैंमा मुलुकका विभिन्न ठाउँमा लिंगे पिङ, रोटे पिङ राख्ने चलन छ । मेला र पर्वमा आधुनिक पिङ हाल्न थालिएपछि पछिल्लो समय लिंगे पिङ लोप हुने अस्थामा समेत पुगेको छ ।

दशैं शुरु भएसँगै काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा लिंगे पिङहरु बनाइएका छन् ।

काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउँदै एक बालक
काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउँदै ।
डोटीको दिपायल स्थित पिपल्लामा रहेको बेडखोलेमा दशै, तिहार तथा छठ पर्वका लागि हालिएको पिङमा रमाउँदै शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोली । उक्त पिङ शसस्त्र प्रहरीले सर्वसाधारणका लागि हालेको हो
डोटीको दिपायलमा शसस्त्र प्रहरी बलको ३६ नम्बर गणले पिपल्ला बजार बेडुखोलेस्थित दशै,तिहार तथा छट पर्वको समयमा सर्वसाधारणका लागि हालेको पिङमा रमाउँदै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल ।
डोटीको दिपायल स्थित जोगीडाब्रेमा तैनाथ रहेको शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोलीले पिपल्ला स्थित बेडखोलेमा सर्वसाधरणका लागि हालेको पिङ खेल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवा ।
लमजुङको बेँसीशहर नगरपालिका(३ गाउँशहरस्थित काउलेपानीमा रोटेपिङ निर्माणका लागि स्थानीयहरुले आरोबाट काठ चिर्दै ।
पिङ संस्कृतिलाई जोगाउन लमजुङको बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित काउलेपानीमा निर्माणधीन रोटेपिङ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ११ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले