महराबाट दुर्व्यवहार नभएको भन्दै पीडित महिलाले प्रहरीमा दिइन् निवेदन | Khabarhub Khabarhub

महराबाट दुर्व्यवहार नभएको भन्दै पीडित महिलाले प्रहरीमा दिइन् निवेदन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालिन सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै आरोप लगाउने महिलाले कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छन् ।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको जानकारी दिए ।

उनले प्रहरीमा निवेदन दिएसँगै महरामाथिको छानविन रोकिने सम्भावना बढेको छ ।

यसअघि, पीडित भनिएकी महिलाबाट उजुरी नआउँदा  महरामाथि लागेको यौन दुराचारको आरोपबारे अनुसन्धान प्रक्रिया अन्यौलमा परेको थियो ।

संसद् सचिवालयकी कर्मचारीसमेत रहेकी ति महिलाले बुधवार प्रहीमा दिएको निवेदनमा आफू डिप्रेशनको बिरामी रहेको र औषधिसमेत खाँदै गरेको उल्लेख गर्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको जनाएकी छिन् ।

त्यस्तै महरामाथिको दुर्व्यवहार समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा उनले निवेदनमा उल्लेख गरेकी छन् ।

सोमबार राति एक अनलाईनलाई दिएको भिडियो अन्तर्वार्तामा आफूमाथि महराबाट यौन दुर्व्यवहार भएको दाबी  गरेकी उनले मंगलबार नै अर्को एक भिडियो अन्तरवार्तामा आफूमाथि कुनै दुर्व्ववहार नभएको बताएकी थिइन् ।

बलात्कारको घटना सार्वजनिक भएपछि चर्को आलोचना खेपेका महराले नेकपाको सुझाव अनुसार मंगलबारनै पदबाट   राजीनामा दिएका थिए ।

बुधबार संसद सचिवालयले महराको राजीनामा बारे सूचना प्रकाशन गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : २७ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको