महराबाट दुर्व्यवहार नभएको भन्दै पीडित महिलाले प्रहरीमा दिइन् निवेदन « Khabarhub

महराबाट दुर्व्यवहार नभएको भन्दै पीडित महिलाले प्रहरीमा दिइन् निवेदन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालिन सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै आरोप लगाउने महिलाले कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छन् ।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको जानकारी दिए ।

उनले प्रहरीमा निवेदन दिएसँगै महरामाथिको छानविन रोकिने सम्भावना बढेको छ ।

यसअघि, पीडित भनिएकी महिलाबाट उजुरी नआउँदा  महरामाथि लागेको यौन दुराचारको आरोपबारे अनुसन्धान प्रक्रिया अन्यौलमा परेको थियो ।

संसद् सचिवालयकी कर्मचारीसमेत रहेकी ति महिलाले बुधवार प्रहीमा दिएको निवेदनमा आफू डिप्रेशनको बिरामी रहेको र औषधिसमेत खाँदै गरेको उल्लेख गर्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको जनाएकी छिन् ।

त्यस्तै महरामाथिको दुर्व्यवहार समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा उनले निवेदनमा उल्लेख गरेकी छन् ।

सोमबार राति एक अनलाईनलाई दिएको भिडियो अन्तर्वार्तामा आफूमाथि महराबाट यौन दुर्व्यवहार भएको दाबी  गरेकी उनले मंगलबार नै अर्को एक भिडियो अन्तरवार्तामा आफूमाथि कुनै दुर्व्ववहार नभएको बताएकी थिइन् ।

बलात्कारको घटना सार्वजनिक भएपछि चर्को आलोचना खेपेका महराले नेकपाको सुझाव अनुसार मंगलबारनै पदबाट   राजीनामा दिएका थिए ।

बुधबार संसद सचिवालयले महराको राजीनामा बारे सूचना प्रकाशन गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : २७ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई