परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो « Khabarhub

परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ ।

परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ ।

उनीसँग सम्बन्ध राख्ने महिलालाई भने २३ पटक बेतको छडीले हानिएको छ । एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकलापमा संलग्न रहेको बेला उनीहरू समातिएका थिए ।

इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ । आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडीले हानिन्छ ।

“यो अल्लाहको कानुन हो । जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,” आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले भने।

उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको हुसेनीले बताए ।

दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ ।

आचेमा काउन्सिलले स्थानीय सरकार र संसद्‍लाई शरिया कानुन बनाउन र लागु गर्न सहयोग गर्छ ।

सन् २०१७ मा त्यहाँ दुई पुरुषलाई यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेपछि ८३ पटक बेतको लौरोले हानिएको थियो ।

यसरी लौरोले हिर्काउने व्यक्तिले परिचय नखुलोस् भनेर आँखाबाहेक अरू सबै शरीर छोपेका हुन्छन् ।

यस्तो सजाय सार्वजनिक स्थलमा दिइन्छ। तर बालबालिकालाई त्यो हेर्ने अनुमति छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ३० बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा