कपिलवस्तुमा निषेधाज्ञा हट्यो « Khabarhub

कपिलवस्तुमा निषेधाज्ञा हट्यो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ ।

जिल्ला प्रशासनले आज बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो । लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो ।

दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो । झडपमा सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

सो घटनापछि लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको कपिलवस्तु प्रहरीले जनाएको छ । जारी निषेधाज्ञा हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

बिहीबार राति दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । दुई पक्षबीच भएको सहमतिमा मृतक पाण्डेको क्षतिपूर्तिका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्ने, प्रहरीले दमन गरे–नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, निषेधाज्ञालाई क्रमशः घटाउँदै लैजानेलगायतका बुँदा रहेका छन् ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीपशमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : ३९ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र