कपिलवस्तुमा निषेधाज्ञा हट्यो « Khabarhub

कपिलवस्तुमा निषेधाज्ञा हट्यो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ ।

जिल्ला प्रशासनले आज बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो । लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो ।

दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो । झडपमा सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

सो घटनापछि लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको कपिलवस्तु प्रहरीले जनाएको छ । जारी निषेधाज्ञा हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

बिहीबार राति दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । दुई पक्षबीच भएको सहमतिमा मृतक पाण्डेको क्षतिपूर्तिका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्ने, प्रहरीले दमन गरे–नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, निषेधाज्ञालाई क्रमशः घटाउँदै लैजानेलगायतका बुँदा रहेका छन् ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीपशमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको