मह स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । धेरै किसिमका स्वास्थ्य समस्यामा महको उपयोग हुने गरेको छ ।
दैनिक रुपमा मह खानाले स्वास्थ्यमा फाइदा पुग्छ । महको उत्पादनका लागि आजभोलि मौरी पालन व्यवसा हुने गरेको छ भने केहीले भीर मौरीको मह पनि काड्ने गरेका छन् ।
तर भीर मौरीको मह खाँदा भने होस पुर्याउनु पर्ने हुन्छ । भीर मौरीको विशाक्त मह खाँदा धेरै मानिसहरुले अकालमा ज्यान समेत गुमाउने गरेका छन् ।
बजारमा सक्कली र अर्गानी मह भन्दै बेचबिखन हुने गरेको छ । तर महको शुद्धता थाहा नहुँदा कयौं व्यक्तिले मिसावट युक्त र अस्वस्थकर महको प्रयोग गरिरहेका हुन्छन् ।
शुद्ध मह भनेर किनिएपनि त्यो शुद्ध नहुन सक्छ । अझ आजभोलि त चाकासहित मह बेच्नेहरुको बिगबिगी नै छ । चाकाबाट नै निकालेका कारण शुद्ध होला भनेर किन्ने गर्नु भएको छ होला तपाइले पनि ।
चिनी पानीमा मौरीको चाका भिजाएर ‘शुद्ध मह’ भन्दै बेच्ने गरिन्छ । आफ्नै अगाडि चाकाबाट निकालेको मह भएकोले त्यसलाई धेरैले विश्वास गर्ने गर्छन् । त्यसैले अर्गानिक र शुद्ध महको कस्तो हुन्छ ? भन्ने जान्नु जरुरी हुन्छ । त्यसको शुद्धता परीक्षणको लागि निम्न उपाय अपनाउन सकिन्छ ।
तातो पानी बताइदिन्छ नक्कली वा सक्कली मह
महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो । यसको लागि काँचको गिलास या कचौरामा तातो पानी भर्नु पर्छ । त्यसमा एक चम्चा मह हाल्नुपर्छ । त्यो मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ । मिसावटी मह बनाउनको लागि चिनी या सख्खरको प्रयोग गरिन्छ । त्यसैले त्यो पानीमा घुल्छ ।
टिस्यु पेपरबाट पत्ता लाग्छ महको शुद्धता
महको शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ । यसको लागि टिस्यु पेपरमा महको एक एक थोपा हाल्नुपर्छ । यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने त्यो पेपरको माथि नै रहन्छ ।
आगोमा जल्छ शुद्ध मह
यदि पानीबाट जाँच गर्न सकिएन भने यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । यसको लागि पहिले एउटा मैनबत्ती जलाउनुहोस् र त्यसमा एउटा काठमा कपास राखेर त्यसको बाहिर मह दल्नुहोस् । त्यो मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । त्यदि त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।
पानी र भेनेगरबाट गरौं परीक्षण
काँचको गिलास या कचौरामा एक ठूलो चम्चाको एक चम्चा पानी हाल्नुपर्छ । त्यसमा २/३ थोपा सिरका र थोरै पानी हालेर राख्नुपर्छ । दुई तीन मिनेटसम्ममा त्यसमा फोका उठ्न थाल्यो भने जान्दा हुन्छ कि महमा मिसावट छ ।
पाउरोटीको सहयोगबाट परीक्षण
दैनिक खाने पाउरोटी पनि महको परीक्षणमा सहायक हुने गर्छ । शुद्ध मह पाउरोटीमा लगाउँदा त्यो कठोर हुने गर्दछ । जबकी मिसावट भएको मह पाउरोटीमा लगाउँदा झनै नरम हुने गर्दछ ।
औलाको सहयोगले जाँच
महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ । यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । शुद्ध मह दुबै औंलामा टाँसिएर बसेको हुन्छ । त्यसैले यसमा तार बन्ने गर्छ । तर, मिसावटी मह त्यसै फाटिने गर्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया