सेनाले किनेको नयाँ विमान काठमाडौं आइपुग्यो | Khabarhub Khabarhub

सेनाले किनेको नयाँ विमान काठमाडौं आइपुग्यो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ आइपुगेको छ ।

सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । नेपाली सेनाले यो विमान तीन करोड अमेरिकी डलरमा खरिद गरेको हो ।

इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको उक्त विमान शनिवार विहान काठमाडौं आइपुगेको हो ।

नेपाली सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको थियाे ।

विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँग तीन करोड अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालिममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो ।

उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की, फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । यो विमान विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

नेपाली सेनासँग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ११ : ३८ बजे

पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी

पर्वत– पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा  बेपत्ता

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन्

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको