फेसबुक र इन्स्टाग्राममा भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध « Khabarhub

फेसबुक र इन्स्टाग्राममा भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध लगाएको छ ।

यस्ता इमोजीले यौन हिंसा भएको जनाउँदै त्यस्ता इमोजी पठाउने अकाउन्टबहाकलाई फेसबुक र इन्स्टाग्रामले धमाधम कारबाही गर्न थालेको हो ।
महिलाका संवेदनशील अंग छोप्नका लागि इमोजीको प्रयोग गरिएमा पनि त्यस्ता अकाउन्टबाहकलाई कारबाही हुने भएको छ ।

भन्टा, आरु र वाटर ड्रप पानीको थोपाले यौनिक भाषामा सामाजिक सञ्जाल प्रयोग भएको भन्दै कम्पनीले फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले आफ्नो विधानको कम्युनिटी स्ट्यान्डर्ड अन्तरगतको नियम परिमार्जन गरेर नयाँ नियम बनाएको हो । यौनिक संकेत प्रयोजनमा भन्टा, आरु र पानीको थोपा प्रयोग गरेमा वा महिलाको नाङ्गो तस्बिरमा गोप्य अंग छोप्न इमोजीको प्रयोग गरिएमा त्यसता एकाउन्टलाई कारबाही हुने फेसबुकले जनाएको छ ।

सामाजिक सञ्जालमा इमोजीको प्रयोगका विषयमा एकाउन्ट होल्डर सचेत नभएकाले यस्तो नियम लागू गरिएको फेसबुकले जनाएको डेलीमेलको समाचारमा उल्लेख छ । तर वास्तविक फलफूल र भन्टाको तस्बिर भने प्रतिबन्ध लगाउने वा नलागाउने भन्ने फेसबुकले प्रष्ट पारेको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १२ : १० बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको