फेसबुक र इन्स्टाग्राममा भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध | Khabarhub Khabarhub

फेसबुक र इन्स्टाग्राममा भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध लगाएको छ ।

यस्ता इमोजीले यौन हिंसा भएको जनाउँदै त्यस्ता इमोजी पठाउने अकाउन्टबहाकलाई फेसबुक र इन्स्टाग्रामले धमाधम कारबाही गर्न थालेको हो ।
महिलाका संवेदनशील अंग छोप्नका लागि इमोजीको प्रयोग गरिएमा पनि त्यस्ता अकाउन्टबाहकलाई कारबाही हुने भएको छ ।

भन्टा, आरु र वाटर ड्रप पानीको थोपाले यौनिक भाषामा सामाजिक सञ्जाल प्रयोग भएको भन्दै कम्पनीले फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले आफ्नो विधानको कम्युनिटी स्ट्यान्डर्ड अन्तरगतको नियम परिमार्जन गरेर नयाँ नियम बनाएको हो । यौनिक संकेत प्रयोजनमा भन्टा, आरु र पानीको थोपा प्रयोग गरेमा वा महिलाको नाङ्गो तस्बिरमा गोप्य अंग छोप्न इमोजीको प्रयोग गरिएमा त्यसता एकाउन्टलाई कारबाही हुने फेसबुकले जनाएको छ ।

सामाजिक सञ्जालमा इमोजीको प्रयोगका विषयमा एकाउन्ट होल्डर सचेत नभएकाले यस्तो नियम लागू गरिएको फेसबुकले जनाएको डेलीमेलको समाचारमा उल्लेख छ । तर वास्तविक फलफूल र भन्टाको तस्बिर भने प्रतिबन्ध लगाउने वा नलागाउने भन्ने फेसबुकले प्रष्ट पारेको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १२ : १० बजे

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी