नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङ « Khabarhub

नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युस्टि पार्टी (नेकपा) को शनिबार (आज) बसेको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीले उठाउने उम्मेदवारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कास्की क्षेत्र नम्बर – २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे छलफल भएको बताए ।

उम्मेदवार चयनबारे प्रारम्भिक छलफल सुरु भएको बताउँदै उने भने, ‘यसबारे भोलि बस्ने सचिवालय बैठकले निर्णय गर्ने छ ।’ नेकपाले उम्मेदवारी टुंगो लगाउन आइतबार पनि सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे गराए जानकारी

शनिबार बसेको सचिवायलय बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बैठकमा जानकारी दिए ।

स्वास्थ्यमा गम्भीर समस्या आएर आफू सिकिस्त बिरामी नभएको प्रधानमन्त्रीले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीको स्वास्थ्य जाँचबारेको रिपोर्ट आइनसकेको र त्यसबारे चिकित्सकहरुले सुक्ष्म विश्लेषण गरिरहेकाले उपचारको थप कोर्सका विषयमा त्यसपछि निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्यबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गराएको जानकारी दिएका थिए ।

अब आज र भोलि फेरि अर्को पटक डायलासिस गर्ने चिकित्सकहरुको तयारी रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ३ : १९ बजे

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक