डोल्पामा सामाजिक विकास कार्यालय स्थापना « Khabarhub

डोल्पामा सामाजिक विकास कार्यालय स्थापना


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा सामाजिक विकास कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालय सामाजिक विकास कार्यालयको उद्घाटन गरेका हुन् ।

भौगोलिक विकटतालाई मध्यनजर गरि जनगुनासोअनुसार नै प्रदेश सरकारका विकासे चार मन्त्रालयका दुई–दुई कार्यालय जिल्लामा राखिएको बताउँदै मन्त्री बुढाले गत भदौ ६ गते कर्णाली प्रदेश सरकारले निर्णय गरेअनुसार जिल्लामा धमाधम कार्यालय स्थापना भइरहेका बताए ।

जनताले पाउने सेवालाई प्रभावकारी बनाउन जिल्लाबाटै सेवा प्रवाह गर्नेगरी कार्यालयको स्थापना गरिएको कार्यालय प्रमुख धनञ्जय आचार्यले जानकारी दिए । उनका अनुसार सामाजिक विकास कार्यायलबाट शिक्षा, महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, श्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका काम हुने तथा नागरिकले जिल्लाबाटै सेवा पाइने छ ।

हाल छ कर्मचारीले जिल्लाबाट सेवा प्रदान गर्नेछन् । जिल्लामा कार्यालय स्थापना मात्रै हुने र कर्मचारी नबस्ने भन्ने नागरिकको गुनासोलाई मध्यनजर गरी एक सातामा केही योजनासहित कार्यालयमा सबै कर्मचारी आइपुग्ने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ३१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित