अस्ताउँदो सूर्यलाई अर्घ्य : तस्बिरमा तराईको छठ « Khabarhub

अस्ताउँदो सूर्यलाई अर्घ्य : तस्बिरमा तराईको छठ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजाअर्चना गरेका छन् ।

व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायतका पोखरीमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।

छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको षष्ठीका दिन मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठपर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ ।

षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । सम्भाव्य कुप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ ।

छठको विधि विधानले शरीर र मनलाई सौर्यऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए । सूर्यको उपासनाले पाचनतन्त्रका लागि लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको पनि बताइन्छ ।

सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । त्यसैले सूर्यलाई एउटा अभिष्ट देवताका रूपमा वैदिककालदेखि नै पूजिएको छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ ।

छठपर्वमा सूर्यलाई ‘छठिमाइ’ को रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

छठपर्वमा अर्घ्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

त्यस्तै यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरइले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थापन गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

यो पर्वको मुख्य तेस्रो दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेहरुको विभिन्न नदी, तलाउ, पोखरी, जलाशयमा भीड लागेको थियो ।

हेर्नुहोस् केही तस्बिर :

वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु ।
दमौलीस्थित मादी नदी किनारमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्दै भक्तालु ।
बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा अस्ताउँदो सूर्यको पूजा गर्दै स्थानीय ।
बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा अस्ताउँदो सूर्यको पूजा गर्दै स्थानीय ।
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै ।
जनकपुरमा छठ पर्वका लागि तयारी सामग्री ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ५ : ०६ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा