समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री पोखरेल


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवम आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा शनिबार पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचारगोष्ठीमा उनले समाजमा सकारात्मक सोचको खाँचो रहेको औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिए । मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुलुकको दिगो विकासका लागि साधारणतर्फ भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राखे ।

मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो । सङ्घीयतासँगै सिंहदरबारको अधिकार जनताको घर–आँगनमा आएको उल्लेख गर्दै उनले तीन तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताए ।

नेकपा स्थायी कमिटी सदस्य एवम फाउण्डेशनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । फाउण्डेशनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउण्डेशनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ०४ बजे

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाह बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको

कमला नदीमा कार्तिक स्नान गर्नको भीड, भूत-प्रेत’ हट्ने विश्वास (तस्बिरहरू)

काठमाडौं– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका