‘सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ’ « Khabarhub

‘सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ’


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।

सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने सभापति देउवाले बताए । उनले भने, “सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ । कम्युनिष्ट सरकारले राम्रो काम गरोस् ।” सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य कांग्रेसलाई मान्य नहुने बताए । “अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन,” उनले भने । प्रजातन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा कांग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताए । प्रजातन्त्रको रक्षाका लागि कांग्रेस पछाडि नहट्ने प्रष्ट पार्दै उनले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताए ।

अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुनेमा जोड दिए । “कांग्रेस समाप्त भए लोकतन्त्र समाप्त हुने भएकाले कांग्रेसलाई बलियो शक्ति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो”, उनले भने ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै कांग्रेस एकजुट भए कसैले पनि हराउन नसक्ने ठोकुवा गरे । विचार र इतिहास राम्रो तथा कार्यकर्ता सक्षम रहेकाले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदय हुने उनले ठोकुवा गरे ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले स्व नेता पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, कांग्रेस नेता समुन्द्र गोदार, तनहुँ कांग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व गोवर्द्धनको सिद्धान्त र विचार आजका कांग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ३५ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार