प्रमुख जिल्ला अधिकारी संविधानभन्दा माथि! « Khabarhub

प्रमुख जिल्ला अधिकारी संविधानभन्दा माथि!


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संविधानमा नेपाली आमाबाट जन्मेर नेपालमै बसोबास गरेको व्यक्तिलाई पहिचान हुन नसके पनि वंशज नागरिकता दिने उल्लेख छ । व्यवहारमा भने पीडितहरुले अदालतको ढोका ढकढक्याउँदा पनि नेपाली नागरिक हुनुको निस्सा पाउन सकेका छैनन् । यही समस्यालाई समेटेर कान्तिपुर दैनिकले ‘संविधानमाथि प्रजिअ!’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

त्यस्तै दार्चुलामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । जीप सडकबाट झण्डै ३ सय मिटर तल खस्दा जिपमा सवार सबैको मृत्यु भएको उल्लेख छ ।

विप्लवलाई हेर्ने दृष्टिकोण अस्पष्ट शीर्षकको अर्को समाचारमा ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि फागुन १० मा एक जनाको ज्यान जाने गरी गराइएको विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता पुष्टि भइसक्दा पनि प्रहरीले त्यसका शीर्ष नेताहरुलाई पक्राउ गर्न सकेको छैन् । गृहमन्त्रालयबाटै चासो नदेखाइएपछि प्रहरी विप्लव समूहका नेतालाई पक्राउ गर्न हच्किएको छ ।

त्यस्तै बीपी प्रतिस्ष्ठानमा अनियमितता बढेको पाइएको छ । उपकुलपति प्राध्यापक डा राजकुमार रौनियारलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । डेन्टल कलेजेहरुले अतिरिक्त शुल्क उठाउने गरेको, चीन सरकारको अनुदान र ऋण सहयोगमा प्रदेश २ र गण्डकी प्रदेशले मोडेल गाई फार्म सञ्चालन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : ४९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी