अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न भारतले दियो लगानी स्वीकृति | Khabarhub Khabarhub

अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न भारतले दियो लगानी स्वीकृति


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको खबर नागरिक दैनिकमा छ । सतलजले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ । प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केबर हुँदै नेपाल भारतको सीमा बथनासम्म पुग्नेछ ।

त्यस्तै ताप्लेजुङमा भएको हेलिकोप्ट दुर्घटनामा लापरबाहीका कारण भएको पाइएको छ । दुर्घटनापछि उब्जिएका प्रश्नले लापरबाही कै कारण पर्यटनमन्त्रीसहित ७ जना गुमाउने गरी दुर्घटना भएको धेरैको अनुमान छ। एडेको ३४ सेकेन्डमै हेलिकोप्टर दुर्घटनामा परेको थियो । हावा धेरै चलेकाले उडाउँदा पंखा नचलेकाले दुर्घटना भएको अनुमान पनि गरिएको छ।

त्यस्तै पाकिस्तानले भारतीय पाइलटलाई छाडेको, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आफ्नै प्रहरी राखेको छ । गाउँपालिकामा क्रमशः ५ हजार नागरिकका लागि एकजना गाउँ प्रहरीको व्यवस्था गर्नेगरी कार्यविधि ल्याइसकिएको गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताएका छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई