ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको ज्यान गयो « Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको ज्यान गयो


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । उनी मोटरसाइकलको पछाडि बसेकी थिइन् ।

त्यस्तै चालक उनका पति दुर्गानन्द र सोही मोटरसाईकलमा सवार निजकै १२ वर्षीय छोरा चेतनारायण सामान्य घाइते भएका छन् ।

घाइते उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प १६८७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख १३१७ नं को मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  २ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु