‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’  « Khabarhub

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेता–कार्यकर्तामाथि गरेको कारबाहीप्रति आपत्ति जनाएका छन् ।

पार्टीको अनुशासन समितिले भर्खरै गरेको कारबाहीसम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश रसाइली र अजय बाबु सिवाकोटीले उक्त कार्यलाई खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित रहेको जनाएका छन् ।

शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै उनीहरूले महासमिति र केन्द्रीय समितिबाट अब उपरान्तका निर्वाचनमा पार्टीले गठबन्धन नगर्ने निर्णय समेत गरिसकेको अवस्थामा गठबन्धनसम्बन्धी सवाललाई लिएर यतिखेर अनुशासनको डण्डा चलाइनु आफैँमा राजनीतिक नैतिकताका दृष्टिले खोटपूर्ण रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा खोटाङ जिल्ला सभापति विष्णु कुमार राई, कास्कीका पूर्व सभापति कृष्ण केसी, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बालाई निष्कासन वा निलम्बन गर्नु तथा समान प्रकृतिको घटनामा केन्द्रीय सदस्य दिनेश कोइराला (चितवन) लाई पुरानै हैसियतमा पदबहाली गरी थप जिम्मेवारी दिनु विभेदपूर्ण भएको उनीहरूको ठहर छ ।

उनीहरूले यसलाई न्यायसङ्गत मान्न नसकिने भन्दै संरक्षण गर्ने नेता भएमा पुरस्कृत भइने, बोलिदिने कोही नभए दण्डित हुनुपर्ने अवस्थाले अनुशासन समितिको दोहोरो मापदण्डले यसको गरिमामा आँच आउने काम भएको बताएका छन् ।

विज्ञप्तिमा अनुशासन पालना र परीक्षणको विषय केबल चुनाबको सन्दर्भमा मात्र हेरिनु आफैँमा आंशिक एवं अपुरो हुने उल्लेख गर्दै अनुशासनको परीक्षण मापदण्डका आधारमा हुनुपर्नेमा गुटगत आधारमा गरिएको निर्णयले कांग्रेसलाई  थप कमजोर बनाउने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘लोकतान्त्रिक शासनव्यवस्था र अझ लोकतान्त्रिक पार्टीमा अनुशासनले हरपल विशिष्ट महत्व राख्दछ ।  नेपाली कांग्रेस अनुशासनलाई आफ्नो अभिन्न जीवनपद्धति मान्दछ, मान्नुपर्दछ । अतः जिम्मेवार प्राप्त जुनसुकै ब्यक्तिले जिम्मेवारी अनुसारको आचरण, व्यवहार, विचार पालना वा प्रस्तुत भए नभएको मूल्याङ्कन गर्ने दायित्व पनि अनुशासन समितिमा रहेको हुन्छ ।’

अनुशासन समितिले निष्पक्ष भएर विधिको पालना गर्न नसकेको भन्दै उनीहरूले केन्द्रीय समिति बैठक बसेको समयमा यसलाई छलेर कारबाही गरिएको विज्ञप्ति सार्वजनिक हुनलाई पारदर्शी विधि मान्न नसकिने ठहर गरेका छन् ।

उनीहरूले अनुशासन समितिको निर्णय उपर छलफल गर्न अबिलम्ब केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवालाई जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : १२ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि