अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्नेमा राष्ट्रपतिको जोड « Khabarhub

अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्नेमा राष्ट्रपतिको जोड


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उनले दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भनी कामना गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य दिएको सन्दर्भमा फरक क्षमता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री संरचना क्रमशः निर्माण गर्दै जानुपर्ने खाँचो औँल्याइन् ।

उनले समतामूलक समाज निर्माणका लागि फरक क्षमता भएका व्यक्तिलाई शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले नेपालमा फरकक्षमता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका साथै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्नका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानुपर्ने बताइन् ।

‘फरक क्षमता भएका व्यक्तिलाई राज्यका रहेक निकायमा सहभागिताका निम्ति स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने विश्वास मैले लिएकी छु । फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले शुभकामना सन्देशमा भनेकी छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ०० बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट