अभिनेत्री ऋचा शर्माले लगनगाँठो कस्दै, सार्वजनिक गरिन् बिहेको मिति « Khabarhub

अभिनेत्री ऋचा शर्माले लगनगाँठो कस्दै, सार्वजनिक गरिन् बिहेको मिति


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्माले बिहेको मिति सार्वजनिक गर्दै नोट शेयर गरेकी छिन् ।  उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी गराएकी छिन् ।

राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग ऋचा लामो समयदेखि प्रेममा थिइन् । यी दुईले आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन् ।

शुरुमा प्रेमबारे नखुले पनि पछि भने ऋचाले यसै वर्ष बिहे गर्ने बताएकी थिइन् । उनले मंगलवार (आज) भने बिहेको मिति घोषणा गर्दै शुभेच्छुकलाई धन्यवाद र आफूहरुलाई बधाई दिएकी छिन् ।

केही समयअघि ऋचाले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको पार्टीमा केकी अधिकारी, प्रियंका कार्की लगायत सहभागी थिए ।

ऋचा पछिल्लो समय फिल्मबाट केही पर छिन् । उनी यतिबेला प्रसारण भइरहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छिन् । पछिल्लो समय उनी फिल्म निर्माणमा पनि सक्रिय छिन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : २० बजे

के मेसीले जित्लान गोल्डेन बुट ?

काठमाडौँ – जारी विश्वकपमा लियोनेल मेसी कुल २१ गोल गर्दै

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार