सीमा क्षेत्रमा बीओपी राख्न जग्गा खोज्दै सशस्त्र प्रहरी | Khabarhub Khabarhub

सीमा क्षेत्रमा बीओपी राख्न जग्गा खोज्दै सशस्त्र प्रहरी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले सीमा क्षेत्र मिचेको विषय चर्चामा रहेका बेला सशस्त्र प्रहरीले कैलालीका सीमावर्ती क्षेत्रमा बोर्डर अवजर्भर पोस्ट (बीओपी) स्थापना गर्ने कार्य शुरु गरेको छ ।

सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएको कैलालीका विभिन्न ठाउँमा बीओपी स्थापनाका लागि प्रक्रिया शुरु गरेको हो ।

बीओपी स्थापनाका लागि हाल जग्गा खोज्ने कार्य भइरहेको जनाइएको छ ।

कैलाली जिल्लामा मात्रै भारतसँग १ सय १ किलोमिटर सीमा जोडिएको छ । तर, हालसम्म उक्त सीमाको अवलोकनका लागि भनेर ३ ओटा मात्रै बीओपी राखिएका छन् ।

हाल कैलालीको फुलबारी, लाबोझी र खक्रौलामा मात्रै सशस्त्र प्रहरीको बीओपी छ ।

तर, कैलालीसँग सीमा जोडिएको क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २१ ओटा सीमा सुरक्षा पोस्ट छन् ।

सशस्त्र प्रहरीले हाललाई कैलाली जिल्लाका थप ६ ठाउँमा बीओपी राख्ने जनाएको छ ।

सशस्त्र प्रहरीका धनगढीस्थित नम्बर ३४ गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) कमल तिउसिनाले कैलालीको बङ्गारा कटान, जुगेडा, खोनापुर, भूँइयाफाटा, हिक्मतपुर र श्रीलंका टापुमा बीओपी राख्नका लागि जग्गा खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : ३९ बजे

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं- सभामुख देवराज घिमिरेको आह्वानमा अहिले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।