सर्वोच्च अदालतमै घुसको लेनदेन– नासु खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

सर्वोच्च अदालतमै घुसको लेनदेन– नासु खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार गरेको अभियोग लागेका अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै घुस रकम माग गर्ने सर्वोच्च अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दायर गरेको मुद्दाको थुनछेक आदेश जारी गर्दै विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका देबजंग शाहीलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग्ने नासु सुधिरकुमार खड्काविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध शाहीले सर्वोच्च अदालतमा निवेदश दिएका थिए ।

विशेष अदालतबाट कैफियत प्रतिवेदन झिकाइ वकपत्र गर्ने क्रममा सर्वोच्चका नासु खड्काले २ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियारले गरेको छानबिनका क्रममा खड्काले भ्रष्टाचार मुद्दाका अभियुक्त शाहीका दाईसँग एकपटक ५ हजार र अर्कोपटक ४ हजार गरी ९ हजार रुपैयाँ घुस लिइसकेको पनि देखिएको छ ।

अख्तियारले खड्काविरुद्ध २ लाख ५० हजार बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा थप ९ हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र थप ३ महिना कैद सजाय मागदाबी गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : ४३ बजे

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको