सर्वोच्च अदालतमै घुसको लेनदेन– नासु खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

सर्वोच्च अदालतमै घुसको लेनदेन– नासु खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार गरेको अभियोग लागेका अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै घुस रकम माग गर्ने सर्वोच्च अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दायर गरेको मुद्दाको थुनछेक आदेश जारी गर्दै विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका देबजंग शाहीलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग्ने नासु सुधिरकुमार खड्काविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध शाहीले सर्वोच्च अदालतमा निवेदश दिएका थिए ।

विशेष अदालतबाट कैफियत प्रतिवेदन झिकाइ वकपत्र गर्ने क्रममा सर्वोच्चका नासु खड्काले २ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियारले गरेको छानबिनका क्रममा खड्काले भ्रष्टाचार मुद्दाका अभियुक्त शाहीका दाईसँग एकपटक ५ हजार र अर्कोपटक ४ हजार गरी ९ हजार रुपैयाँ घुस लिइसकेको पनि देखिएको छ ।

अख्तियारले खड्काविरुद्ध २ लाख ५० हजार बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा थप ९ हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र थप ३ महिना कैद सजाय मागदाबी गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : ४३ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक