सुख्खा पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध « Khabarhub

सुख्खा पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । मंगलबार साँझ ५ बजेको समयमा निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

पहिरोका कारण निसीखोला केही समय थुनिएको भए पनि पछि खोला सामान्य गतिमा बग्न थालेको थियो । पौडेलले सुख्खा पहिरो खसिरहेका कारण लोकमार्ग खुलाउन समस्या भएको बताए ।

पहिरोबाट कुनै मानवीय क्षति नभएको बताउँदै पौडेलले लोकमार्ग खुलाउने प्रयास गरे पनि रातको समयमा समस्या भएका कारण बुधबार बिहान लोकमार्ग खुलाउने गरी लोकमार्गका आयोजनाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिए ।

लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : ३० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको