अटो

यामाहाले ल्याउँदैछ नयाँ मोटरसाइकल एमटी–१५, यस्ता छन् विशेषता

By खबरहब

February 03, 2019

दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी यामाहाले आर१५ भी३.० को नयाँ भर्जनका रुपमा अर्काे माेटरसाइकल बजारमा ल्याउन लागेको छ । यो मोटरसाइकल यामाहा एमटी–१५ को नामले बजारमा आउने छ ।

यामाहाले यसै वर्ष भारतमा यो मोटरसाइकल लञ्च गर्ने जनाइएको छ । नेपालमा भने अर्को वर्ष सन् २०२० मात्रै यो मोटरसाइक बिक्रीका लागि खुल्ला हुने संभावना छ ।

यामाहा एमटी–१५ को अगाडि एलईडी ह्यान्डल्याम्प, मस्क्यूलर ह्यान्डल्याम्प आदी एमटी–०९ को डिजाइनबाट प्रभावित छ । यसका अतिरिक्त एमटी–१५ पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट हुने छ । जो हालै लञ्च भएको यामाहा आर१५ भी३.० मा पनि थियो ।

यो बाइक १५५ सीसीको लिक्विड कूल्ड, फ्यूल इन्जेक्टेड (एफआई) सिङगल सिलिन्डर इन्जिनका साथ बजारमा आउने छ ।

भारतमा यो बाइकको मूल्य १ लाख २० हजार भारुसम्म तोकिने अनुमान गरिएको छ । नेपालमा पुग्दा यसको मूल्य ३ लाख आसपास हुने छ ।