प्रदीप र जसिताको ‘लभ स्टेशन’ एक हप्ताअघि सर्‍यो « Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ एक हप्ताअघि सर्‍यो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ चैत्र २२ मा रिलिज हुने भएको छ । यसअघि नयाँ वर्षको मौका पारेर चैत्र २९ गते रिलिज हुने भनिएको चलचित्र एक हप्ताअघि नै रिलिज हुने भएको हो ।

चैत्र २९ मा अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ भने सोही मितिमा सलिनमान बानियाँ अभिनित ‘यात्रा’ पनि रिलिज हुँदैछ ।

उज्जल घिमिरेले निर्देशन गरेको ‘लभ स्टेशन’ को भियतनाम, भारत तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ । सांगीतिक लभस्टोरी भनिएको यो चलचित्रमा प्रदीप र जसिता जोडीका रुपमा देखिनेछन् । यसअघि यी दुईले फिल्म ‘लिलिबिली’ मा एकसाथ काम गरेका थिए ।

फिल्म ‘लभ स्टेसन’ काफिया फिल्मसको ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई काफिया शाही र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

चलचित्रमा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, रेशु भट्टराई, प्रकाश शाह, प्रिया रिजाल, कालु राना लगायतले अभिनय गरेका छन् ।

निर्माण टिमले भियतनाममा खिचिएको गीत भ्यालेनटाइन डे को अवसर पारेर सार्वजनिक गर्ने तयारी गरेको छ । फिल्ममा सम्भुजीत बाँस्कोटाको संगीत राजनराज शिवाकोटी, एलिस कार्की र दीपक शर्माको संगीत छ भने आलोक शुक्लाको छायांकन छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १० : ३२ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा