ठेकेदारले समय मै काम नगर्दा तीन सय बिघा वन बग्यो « Khabarhub

ठेकेदारले समय मै काम नगर्दा तीन सय बिघा वन बग्यो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर–  हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । “समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो”, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, “यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’

तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताए । स्थानीयका कुरा सुनुवाइ नभए आन्दोलनमा जानुपर्ने बाध्यता रहेको स्थानीय मनिराम ढुङ्गानाले बताए ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षौँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भए पनि समयमा काम नहुँदा निराश भएको बताए । उनले वडा नं ८ को ९९४ र वडा नं ९ का चार घर प्रभावित हुने जानकारी दिए । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उनको भनाइ थियो ।

ठेक्का लागेको वर्ष २०७२ यता कर्णाली नदीले ३०० बिघा वन क्षेत्र कटान गरिसकेको छ । गत वर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिघा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिए। तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ ।

आयोजनाका डिभिजनल इञ्जिनीयर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिए। । निर्माण कम्पनीसँग रु १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा रु पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र रु एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : १५ बजे

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी