ठेकेदारले समय मै काम नगर्दा तीन सय बिघा वन बग्यो | Khabarhub Khabarhub

ठेकेदारले समय मै काम नगर्दा तीन सय बिघा वन बग्यो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर–  हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । “समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो”, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, “यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’

तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताए । स्थानीयका कुरा सुनुवाइ नभए आन्दोलनमा जानुपर्ने बाध्यता रहेको स्थानीय मनिराम ढुङ्गानाले बताए ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षौँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भए पनि समयमा काम नहुँदा निराश भएको बताए । उनले वडा नं ८ को ९९४ र वडा नं ९ का चार घर प्रभावित हुने जानकारी दिए । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उनको भनाइ थियो ।

ठेक्का लागेको वर्ष २०७२ यता कर्णाली नदीले ३०० बिघा वन क्षेत्र कटान गरिसकेको छ । गत वर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिघा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिए। तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ ।

आयोजनाका डिभिजनल इञ्जिनीयर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिए। । निर्माण कम्पनीसँग रु १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा रु पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र रु एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : १५ बजे

पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते 

एजेनसी– इरानले इजरायलमा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । यतिबेला

‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि

कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा एह हप्तामा भारी वर्षाका

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको