नेकपाका ६०६ कार्यकर्तालाई स्थानीय तहमा जिम्मेवारी, जनमतका आधारमा प्रतिनिधित्व « Khabarhub

नेकपाका ६०६ कार्यकर्तालाई स्थानीय तहमा जिम्मेवारी, जनमतका आधारमा प्रतिनिधित्व


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– लामो अन्यौल र अनिश्चयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाउँदै गएका छन् । देशैभरका जिल्लामा एकता कार्यदलको सिफारिसअनुसार सातवटै प्रदेश कमिटीले स्थानीय तहस्तरीय कमिटीको नामावलीलाई अन्तिम रुप दिएसँगै उनीहरुले जिम्मेवारी पाएका हुन् ।

पाँचथरका आठ स्थानीय तहमा नेकपाका ६०६ नेता कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाएका हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच केन्द्रमा पार्टी एकताको घोषणा भए पनि जिल्ला तथा स्थानीय तहमा एकताले मूर्तरुप पाएको थिएन ।

नेकपाको अन्तरिम विधानअनुसार यहाँका सात गाउँपालिकामा ७५ सदस्यीय गाउँपालिका सङ्गठन कमिटी बनाइएका छन् । यस्तै फिदिम नगरपालिकामा ८१ सदस्यीय नगर कमिटी बनेको छ । यहाँका स्थानीय तहस्तरका सबै कमिटीले आधिकारिकता पाएका छन् । सबै स्थानीय तहस्तरीय सफत ग्रहण, प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले जानकारी दिए ।

स्थानीय तहका कमिटीमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट जनमतका आधारमा प्रतिनिधित्व गराइएको छ । आठ स्थानीय तहमध्ये पाँचमा तत्कालीन एमालेले अध्यक्ष तथा तीनमा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष लिएका छन् । सबै समितिमा अध्यक्ष, सचिव र सदस्य मात्रै छन् । स्थानीय तहका कमिटी निर्माणसँगै वडास्तरमा एकता सम्पन्न गर्न स्थानीय तहस्तरीय एकता कार्यदल बनाइएको छ । यस्तै स्थानीय तहको काम कारवाहीलाई प्रभावकारी बनाउन छुट्टै संयन्त्रसमेत निर्माण गरिएको छ ।

लामो अन्यौलपछि एकता टुङ्गिँदा नेकपाका कार्यकर्तामा खुशियाली छाएको छ । “हामी पार्टीको क्याडर भएर हिँड्यौँ, पार्टीकै सहयोगमा स्थानीय तहमा पनि निर्वाचित भयौँ”, हिलिहाङ गाउँपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनले भने “पार्टी कमिटी नहुँदा स्थानीय तहका काम कारवाही अघि बढाउनसमेत समस्या थियो ।” आगामी दिनमा स्थानीय तहका कार्यक्रम पार्टीकै निर्देशनमा चल्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ३ : १६ बजे

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको