चुनाव लडेर पुन: सभापति बन्छु : देउवा | Khabarhub Khabarhub

 चुनाव लडेर पुन: सभापति बन्छु : देउवा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्ने बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको विधान अनुसार लडेर नेतृत्वमा आउनसक्ने स्पष्ट व्यवस्था भएको हुँदा आफू पुनः चुनाव लडेर सभापति बन्ने आशय बक्त गरेका हुन् ।

उनले भने ‘कांग्रेस सबैको पार्टी हो । महिला, थारु, मधेसी, दलितलाई आरक्षणको व्यवस्था छ’, उनले भने, ‘चुनावको नाममा तलैबाटै जरा उखेल्न खोज्नु असहिष्णुता हो ।’

सभापति देउवाले सरकारले जनताको भावना समेट्न नसकेको भन्दो आलोचना गरे । उनले भने ‘ओली सरकार बनेको एक वर्ष भन्दा बढि भयो । तर, जनताको काम एउटा पनि गर्न सकेन’, उनले भने, ‘सबै गलत काम गरिरहेको छ ।’

बुधबार नै सभापति देउवाले लमहीमा निर्माण हुन लागेको विपी स्मृति भवनको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’