आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण | Khabarhub Khabarhub

आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत र आगामी आवमा त्यो ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

एशियाली विकास बैंक (एडिबी) ले आज सार्वजनिक गरेको पछिल्लो विवरणमा अर्थतन्त्रका सूचक सकारात्मक रहेका उल्लेख गर्दै त्यस्तो प्रक्षेपण गरेको हो । सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेका तथा भूकम्पपछिको तीव्र गतिको पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक वृद्धिमा मद्दत पुगेको एडिबीको विश्लेषण छ ।

वित्तीय सङ्घीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रतिवेदनमा ती चुनौतीलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उल्लेख छ ।

कृषि क्षेत्रको वृद्धि आव २०७४/७५ को २.८ प्रतिशतबाट आव २०७५/७६ मा ४.५ प्रतिशत पुग्न सक्ने तथा उक्त अनुमान मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

निरन्तर विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालू आवमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्नेछ ।

उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको, सबल राजस्व वृद्धिका कारण आव २०७५/७६ को पहिलो ६ महिनामा बजेट बचतमा रहेको चालु आवको पहिलो सात महीनामा पुँजीगत खर्च बढेता पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशत मात्र रहेको बढ्दो व्यापार तथा चालू खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेका प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ५८ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्