ब्रुनाईमा नयाँ कानून : समलिंगीलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड, चोरका हातखुट्टा काटिने « Khabarhub

ब्रुनाईमा नयाँ कानून : समलिंगीलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड, चोरका हातखुट्टा काटिने


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रुनाई– ब्रुनाईमा समलिंगी यौन सम्बन्ध राख्ने जोडीमाथि सार्वजनिक स्थानमा ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिनेलगायत इस्लामिक शरिया कानूनमा आधातिर नियम बुधबारबाट औपचारिक रुपमा लागू भएको छ ।

नयाँ कानून अनुसार अप्राकृतिक यौन सम्बन्ध राख्ने तथा इस्लामिक प्रचलन अनुसार अनैतिक यौन सम्बन्ध राख्नेलाई मानिसहरुको भीड अगाडि ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइनेछ । त्यस्तै, चोरी गर्नेको हातखुट्टा काटिनेछ भने अन्य अपराधमा संलग्नलाई पनि कोर्रा हान्ने, जरिवाना तिराउने तथा सार्वजनिक बेइज्जती गर्ने लगायत यस्तै किसिमका कठोर सजाय दिइने व्यवस्था छ ।

नयाँ कानून किशोरावस्था पुगिसकेका मुसलमानका साथै अन्य धर्मका मानिसहरुलाई पनि केही हदसम्म लागू हुने बताइएको छ ।
ब्रुनाईको यस्तो कानूनको भने विश्वभरबाट आलोचना र तीब्र विरोध भएको छ । त्यस्तै, ब्रुनाईका समलिंगी र तेश्रोलिंगीहरुले पनि नयाँ कानूनलाई मध्ययुगमा आधारित कानून भन्दै विरोध गरेका छन् ।

त्यहाँ यसअघि नै समलिंगी सम्बन्ध गैर कानूनी छ भने समलिंगी सम्बन्ध राख्नेलाई १० वर्ष सम्मको जेल सजाय हुने व्यवस्था छ ।
अर्कोतर्फ ब्रुनाईका सुल्तानले भने मुलुकमा इस्लामिक कानून र धर्म कठोरतापूर्वक लागू होस् भन्ने आफ्नो चाहना रहेको जनाएका छन् ।

समाचार संस्था एएफपीसँग कुराकानीका क्रममा सुल्तान हस्सनल बोल्कियाहले ब्रुनाईमा इस्लामिक परम्परा कठोरतापूर्वक लागू हुनुपर्ने आफ्नो चाहना रहेको जनाएका हुन् । उनले नयाँ कानूनबारे भने कुनै टिप्पणी नगरेको एएफपीले जनाएको छ ।

मुलुकका ४ लाख २० हजारभन्दा धेरै जनसङ्ख्या रहेको ब्रुनाईमा दुई तीहाई भन्दा धेरै मानिसहरु मुसलमान छन् । ब्रुनाईमा यसअघि पनि मृत्युदण्डको व्यवस्था रहेपनि सन् १९५७ यता ब्रुनाईले कसैलाई पनि मृत्युदण्ड नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : १० बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका