क्यानेडियन नागरिकको हत्या गरेको इस्लामिक स्टेटको दाबी « Khabarhub

क्यानेडियन नागरिकको हत्या गरेको इस्लामिक स्टेटको दाबी


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो– आतंकवादी संगठन इस्लामिक स्टेटले बुर्किना फासोमा गत जनवरीमा एकजना क्यानेडियन नागरिकको अपहरण गरी हत्या गरेको घटनाको जिम्मा लिएको छ । इस्लामिक स्टेटको साप्ताहिक अखबार अल नबामा लेख प्रकाशित गर्दै बुर्किना फासोमा क्यानेडियन नागरिकको हत्या गरेको घटनाको जिम्मा लिएको हो ।

क्यानेडियन भूगर्भविद किर्क उडम्यानको शव गोली हानेको अवस्थामा गत जनवरी १६ मा इस्लामिक स्टेट र अल कायदाका लडाकु सक्रिय रहेको बुर्किना फासोको मरुभूमि क्षेत्रमा फेला परेको थियो । बुर्किना फासोमा खानी सञ्चालन गर्ने क्यानाडाको भ्यानाकुँवरमा मुख्यालय रहेको प्रोग्रेस मिनरल्स नामक खानी उद्योगमा काम गर्ने उनलाई केही बन्दुधारीले अपहरण गरेका थिए ।

यद्यपि बुर्किना फासोका सुरक्षा अधिकारीले भने उनको हत्या इस्लामिक स्टेटले नभई त्यहाँ सक्रिय आपराधिक समूहले गराएको हुनसक्ने जनाएका छन् । उडम्यानको अपहरण गरी त्यहाँ सक्रिय आतंकवादी समूहलाई बेच्ने क्रममा आपराधिक समूहले उनको हत्या गरेको हुनसक्ने बुर्किनाबे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ३७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा