क्यानाडाका दुई पूर्वमन्त्री सत्तारुढ पार्टीबाट बर्खास्त « Khabarhub

क्यानाडाका दुई पूर्वमन्त्री सत्तारुढ पार्टीबाट बर्खास्त


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडा– क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारमाथि आइपरेको संकट तत्कालका लागि मिलाउन आफ्नो सरकारका दुई पूर्व मन्त्रीलाई पार्टीबाट बार्खास्ता गरिदिएका छन् । प्रधानमन्त्री ट्रुडोले पूर्व कानूनमन्त्री जोडी विल्सन रेबल्ड र अर्थ बोर्डकी पूर्व निर्देशक जेन फिल्पटलाई सत्तारुढ लिबरल पार्टीको तर्फबाट संसद्मा उपस्थित हुन नदिइने जनाएका हुन् । त्यस्तैआगामी निर्वाचनमा ती दुबै नेतृलाई लिबरल पार्टीका तर्फबाट चुनावमा उम्मेद्वार नबनाइने समेत जनाएका छन् ।

पार्टीको बैठकपछि प्रधानमन्त्री ट्रुडोले ती दुई नेतृ र पार्टीबीच यसअघि रहेको भरोसा सकिएको जनाउँदै पार्टीभित्र हुने गृहयुद्धले पार्टीलाई फाइदा नगर्ने भन्दै उनीहरुलाई पार्टीबाट बर्खास्त गरिएको जनाएका छन् ।

पूर्व कानूनमन्त्री विल्सन रेबल्डले गत फेब्रुअरी महिनामा उच्च सरकारी र राजनीतिक तहबाट भ्रष्टाचार प्रकरणमा मुछिएको एसएनसी लाभालिन नामक कम्पनीलाई सहयोग गर्नका लागि दबाब आएको भन्दै राजीनामा दिएकी थिइन् । त्यसैलाई मुद्दा बनाउँदै जेन फिल्पटले पनि मन्त्रिपरिषद् सदस्य सरहको अर्थ बोर्डको निर्देशक पदबाट राजीनामा दिएकी थिइन् ।

प्रधानमन्त्री ट्रुडोले भने यसमा सरकारको कुनै भूमिका नरहेको र आफूले केही गलत काम नगरेको बताउँदै आएका छन् ।
लाभालिन प्रकरण बाहिर आएर सरकारकी मन्त्रीले राजीनामा दिएपछि क्यानाडामा ट्रुको सरकार संकटमा परेको छ भने सर्वेक्षणहरुमा आगामी आम निर्वाचनमा पनि उनको पार्टी नराम्ररी पराजित हुने नतिजाहरु सार्वजनिक भइरहेका छन् । क्यानाडामा आगामी अक्टोबर महिनामा आम निर्वाचन हुँदैछ ।

यसअघि प्रधानमन्त्री ट्रुडोले लिबरल पार्टीले विभिन्न पक्षबाट आउने विविध मतलाई समेट्ने भन्दै पार्टीमा सबै विचार भएका सांसद्हरुका लागि ठाउँ रहेको बताएका थिए । तर, पार्टीका नेताहरुले भने ती दुई नेतृहरुले पार्टीका गरिमामा आँच आउने कार्य गरेकाले उनीहरुलाई पार्टीबाट बर्खास्त गर्न प्रधानमन्त्री समक्ष दबाब दिएका थिए ।

पार्टीबाट बखास्तीमा परेका दुबै नेतृ विल्सन रेबल्डले लाभालिन भ्रष्टाचार प्रकरणमा आफूलाई दबाब दिएको विषयमा आफूले यसअघि चालेको कदमप्रति कुनै पछुतो नरहेको र आफूले सत्या बोलेको र भविष्यमा पनि सत्य कुरा बोल्न नछाड्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : २० बजे

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको