क्यानाडाका दुई पूर्वमन्त्री सत्तारुढ पार्टीबाट बर्खास्त | Khabarhub Khabarhub

क्यानाडाका दुई पूर्वमन्त्री सत्तारुढ पार्टीबाट बर्खास्त


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडा– क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारमाथि आइपरेको संकट तत्कालका लागि मिलाउन आफ्नो सरकारका दुई पूर्व मन्त्रीलाई पार्टीबाट बार्खास्ता गरिदिएका छन् । प्रधानमन्त्री ट्रुडोले पूर्व कानूनमन्त्री जोडी विल्सन रेबल्ड र अर्थ बोर्डकी पूर्व निर्देशक जेन फिल्पटलाई सत्तारुढ लिबरल पार्टीको तर्फबाट संसद्मा उपस्थित हुन नदिइने जनाएका हुन् । त्यस्तैआगामी निर्वाचनमा ती दुबै नेतृलाई लिबरल पार्टीका तर्फबाट चुनावमा उम्मेद्वार नबनाइने समेत जनाएका छन् ।

पार्टीको बैठकपछि प्रधानमन्त्री ट्रुडोले ती दुई नेतृ र पार्टीबीच यसअघि रहेको भरोसा सकिएको जनाउँदै पार्टीभित्र हुने गृहयुद्धले पार्टीलाई फाइदा नगर्ने भन्दै उनीहरुलाई पार्टीबाट बर्खास्त गरिएको जनाएका छन् ।

पूर्व कानूनमन्त्री विल्सन रेबल्डले गत फेब्रुअरी महिनामा उच्च सरकारी र राजनीतिक तहबाट भ्रष्टाचार प्रकरणमा मुछिएको एसएनसी लाभालिन नामक कम्पनीलाई सहयोग गर्नका लागि दबाब आएको भन्दै राजीनामा दिएकी थिइन् । त्यसैलाई मुद्दा बनाउँदै जेन फिल्पटले पनि मन्त्रिपरिषद् सदस्य सरहको अर्थ बोर्डको निर्देशक पदबाट राजीनामा दिएकी थिइन् ।

प्रधानमन्त्री ट्रुडोले भने यसमा सरकारको कुनै भूमिका नरहेको र आफूले केही गलत काम नगरेको बताउँदै आएका छन् ।
लाभालिन प्रकरण बाहिर आएर सरकारकी मन्त्रीले राजीनामा दिएपछि क्यानाडामा ट्रुको सरकार संकटमा परेको छ भने सर्वेक्षणहरुमा आगामी आम निर्वाचनमा पनि उनको पार्टी नराम्ररी पराजित हुने नतिजाहरु सार्वजनिक भइरहेका छन् । क्यानाडामा आगामी अक्टोबर महिनामा आम निर्वाचन हुँदैछ ।

यसअघि प्रधानमन्त्री ट्रुडोले लिबरल पार्टीले विभिन्न पक्षबाट आउने विविध मतलाई समेट्ने भन्दै पार्टीमा सबै विचार भएका सांसद्हरुका लागि ठाउँ रहेको बताएका थिए । तर, पार्टीका नेताहरुले भने ती दुई नेतृहरुले पार्टीका गरिमामा आँच आउने कार्य गरेकाले उनीहरुलाई पार्टीबाट बर्खास्त गर्न प्रधानमन्त्री समक्ष दबाब दिएका थिए ।

पार्टीबाट बखास्तीमा परेका दुबै नेतृ विल्सन रेबल्डले लाभालिन भ्रष्टाचार प्रकरणमा आफूलाई दबाब दिएको विषयमा आफूले यसअघि चालेको कदमप्रति कुनै पछुतो नरहेको र आफूले सत्या बोलेको र भविष्यमा पनि सत्य कुरा बोल्न नछाड्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : २० बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार