छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’  « Khabarhub

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पारिवारिक सम्बन्ध, सामाजिक सोच र छोरीको जीवनसम्बन्धी निर्णयमा अभिभावकको भूमिकालाई प्रश्न गर्ने फिल्मले विशेषगरी छोरीको इच्छा र स्वतन्त्रताको विषयलाई उठाएको छ ।

विनयराज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’ मा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन् । फिल्ममा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथाले अभिभावकले छोरीको इच्छा र चाहनालाई बेवास्ता गर्दै विवाह गराउँदा परिवारमा कस्ता समस्या उत्पन्न हुन सक्छन् भन्ने विषयलाई समेटेको छ ।

विवाहजस्तो महत्त्वपूर्ण निर्णयमा छोरीको चाहनालाई कत्तिको महत्त्व दिइन्छ र आफ्नो जीवनसाथी रोज्ने अधिकार उनलाई कति छ भन्ने प्रश्न पनि फिल्मले उठाएको छ।

पारिवारिक सम्बन्धसँगै सामाजिक सोच र व्यक्तिगत स्वतन्त्रतालाई कथामा जोडेको ‘अक्षरा’ ले दर्शकलाई छोरीको इच्छा र निर्णयको सम्मान गर्नुपर्ने सन्देश दिने निर्माण पक्षको भनाइ छ।

फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र प्राप्त गरेको छ। अब पारिवारिक कथा र सामाजिक विषयवस्तुमा आधारित यो फिल्मले दर्शकको मन कत्तिको जित्न सक्छ भन्ने चासो छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : ३४ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित