कान्ति बाल अस्पतालमा चरम लापरबाही- बालबालिकाको खोप नै छैन ! « Khabarhub

कान्ति बाल अस्पतालमा चरम लापरबाही- बालबालिकाको खोप नै छैन !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्पतालको खोप शाखा पुग्दा सेवाग्राही सप्तरीका नरेन्द्रनारायण शाह र सो शाखामा कार्यरत नीरु पालीबीच भनसुन भइरहेको थियो । नरेन्द्रनारायणका आठ वर्षीय छोरा पृथ्वीईश्वरलाई हेपाटाइटिस ‘ए’विरुद्धको (एमएमआर) खोप लगाउनुपर्ने थियो ।

तर, नीरुले भनिन्, ‘१५ महिनासम्मका बालबालिकाका लागि आवश्यक पर्ने खोप मात्रै हुन्छ । त्यसकारण, तपाईं अन्यत्र जानुस् । सरकारले नै हामीलाई बाँधेको छ । त्यहीअनुसारको खोप आउँछ ।’ नरेन्द्रनारायणले आफूलाई कान्ति बाल अस्पतालले निजी क्लिनिकमा रेफर गरेको बताए । उनले भने, ‘मेरो छोरो पनि त बालक हो । के गर्नु बाल अस्पतालले बालबालिकालाई नै वास्ता गर्दैन ।’

अस्पतालहरु बिरामीमैत्री हुनुपर्छ भनिए पनि नारामा मात्र सीमित भएको पाइएको छ । सेवाग्राहीलाई अस्पतालले अभद्र व्यवहार गर्दा पनि उनीहरु तै चुप मै चुप भएर बस्न बाध्य छन् । अस्पताल प्रशासन आफैंले केन्द्रीय अस्पतालका रूपमा अझै स्तरोन्नति हुन नसकेको स्वीकार गरेको राजधानी दैनिकमा खबर छ ।

रोटा भाइरसविरुद्धको खोप अहिले कान्तिमा छैन । पाँच वर्षमुनिका बालबालिकालाई बढी सताउने यो भाइरसविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने बताए पनि अहिले अभाव खड्किएको छ ।

चिकित्सक आइसकेपछि चिकित्सकहरुको कार्यकक्षभित्र बिरामी बोलाउने जिम्मेवारी पाएका कर्मचारीहरुले बिरामीलाई थर्काउने गरेका छन् । रिपोर्टर कोठा नम्बर ४(ख) मा पुग्दा ती कर्मचारीले सेवाग्राहीलाई अपशब्द समेत प्रयोग गरेका थिए । ती कर्मचारीले भनिन्, ‘मेरो टाउको दुखिसक्यो । कति कराएको, बोल्न सकेको । सबै जना बाहिर जानुस् त ।’ बिरामीका आफन्तहरु अस्पताल पुग्दा अलमिलिने गरेको देख्न सकिन्छ ।

अस्पतालमा रहेको सीटी स्क्यान मेसिन र डीआर मेसिन पटक–पटक बिग्रने गरेकोले मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउने गरेको छ । कान्ति बाल अस्पतालले ४ करोड ५४ लाख मूल्यको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रने गरेका कारण बिरामी रेफर हुने गरेको महालेखापरीक्षकको ५६औं प्रतिवेदनले पनि देखाउँछ ।

हाल अस्पतालमा २ सय ९८ बेड छन् । दैनिक ६–७ सय बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले बताए । सरकारी चिकित्सक दरबन्दीको संख्या ७९ जना रहे पनि हाल ४८ जना चिकित्सक कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पतालमा १३ वार्ड छन् । तर, ३६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्ट, एक प्याथोलोजिस्ट, एक अर्थोपेडिक, एक ईएनटी (नाक, कान, घाँटी) सर्जन, एक डेन्टलको पद पूर्ति हुन सकेको छैन ।
अस्पतालका सूचना अधिकारी केसीले भने, ‘बिरामीको चाप धेरै छ । तर, दरबन्दी कम छ । अस्पतालमा कतिपय सवालमा बिरामीमैत्री व्यवहार भएन होला । हामी बैठक बसेर सच्चिएर अघि बढ्छौं ।’

नेपालमा बर्डफ्लुबाट पहिलोपटक मृत्यु शीर्षकमा पत्रिकाले छापेको समाचारमा नेपालमा बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकका २१ वर्षीय ती युवकको बर्डफ्लु (एच फाइभ एन वान)बाट मृत्यु भएको हो । ती युवकको नाम भने गोप्य राखिएको छ । उच्च ज्वरो र खोकीले सताएपछि ती युवक गत १० चैतमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि आएका थिए । सो अस्पतालले भर्ना गरेर भोलिपल्टदेखि इन्फ्लुएन्जाको औषधि दिएकोमा श्वासप्रश्वासमा समस्या भएर १५ चैतमा उनको मृत्यु भएको थियो ।

जनकपुरधाम जग्गा अतिक्रमण, दर्जनौं मन्दिर क्षेत्रका ६ हजार बिघा जमिनमा भूमाफियाको नजर शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । जनकपुरधाम क्षेत्रमा रहेका जानकी मन्दिर, रत्नसागर मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरलगायतका दर्जनौं मन्दिर रहेका झन्डै ६ हजार बिघा जमिनका विभिन्न भागमा भूमाफियाले कब्जा जमाएका छन् । गुठीअन्तर्गत रहेका मन्दिरको जग्गा महन्त र भूमाफियाको मिलेमतोमा धमाधम अतिक्रमणको चपेटामा परिरहेको पाइएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ३१ बजे

हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट

काठमाडौं- नेपाली नेताहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा धेरै पोस्ट गर्नेमा चिनिन्छन्

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम