वुमन्स च्याम्पियन्स लिगमा खेलाडी दर्ता शुरु, प्रतियोगिता भने असोजमा « Khabarhub

वुमन्स च्याम्पियन्स लिगमा खेलाडी दर्ता शुरु, प्रतियोगिता भने असोजमा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –महिलाको क्रिकेटको फ्रेन्चाईज लिग ‘वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल)का लागि खेलाडी दर्ता खुल्ला गरिएको छ ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार प्रेस विज्ञप्ति जारी गरी खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको हो । बिहीबारदेखि शुरुभएको खेलाडी दर्ता प्रक्रिया यही वैशाख २५ गतेसम्म रहने आयोजकले जनाएको छ ।

दर्ताका लागि आयोजकले खेलाडीलाई चार समूहमा बिभाजीत गरेको छ । जसमा डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणी छन् ।

डायमण्ड श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी पर्ने छन् भने, रुबिजमा राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्दा वाइल्ड कार्ड इन्ट्रीमा भने ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडी पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई–दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने प्रावधान आयोजकले बनाएको छ ।

यसैगरी यसअघि जेष्ठ पहिलो साता शुरु हुने भनिएको प्रतियोगिता असोज ३ गतेदेखि ११ गतेसम्मका लागि सारिएको छ । जेष्ठमा प्रधानमन्त्री क्रिकेट प्रतियोगिता हअुने भएपछि प्रतियोगिताको मिती सारिएका आयोजकले जनाएको हो ।

पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : १७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै