शुक्रबार र शनिबार हेलिकोप्टर नउडाउन सरकारको अनुरोध « Khabarhub

शुक्रबार र शनिबार हेलिकोप्टर नउडाउन सरकारको अनुरोध


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हिमाली क्षेत्रमा उच्च हिमपान हुने संभावना रहेको भन्दै सरकारले शनिबार र शुक्रबार हेलिकोप्टर नउडाउन अनुरोध गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको आपातकालीन कार्य सञ्चालन केन्द्रले देशको पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुने संभावना रहेकाले हेलिकोप्टर नउडाउन भनेको हो ।

हाल भारतको उडिसा राज्यमा सक्रिय रहेको चक्रावत फानी नामक ‘आँधी’ले नेपालमा पनि प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रावत फानीकै कारण शुक्रबार र शनिबार देशभरको मौसम परिवर्तन हुने र देशका अधिकांश ठाउँमा हावाहुरी चल्ने संभावना छ ।

गृह मन्त्रालयले पर्यटकहरुलाई समेत सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले चक्रावत फानीले पार्ने संभावित असरलाई मध्यनजगर गरी आवश्यक तयारी गरिएको जानकारी दिए ।

 

 

केहिबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्ने, सचेत रहन आग्रह

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : ३७ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ