विराज भट्ट अब निर्देशक, ‘साङ्लो’ को औपचारिक घोषणा « Khabarhub

विराज भट्ट अब निर्देशक, ‘साङ्लो’ को औपचारिक घोषणा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टले निर्देशन गर्ने गरी चलचित्र ‘साङ्लो’ को औपचारिक घोषणा गरिएको छ । राजधानीमा शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरियो ।

चलचित्रको शीर्ष भूमिकामा विराज भट्टले नै अभिनय गर्नेछन् भने फिल्ममा लगानीको केही हिस्सा भट्टकै रहनेछ । यस्तै विराजको अपोजिटमा मिस नेपाल २०१८ निकिता चन्डकले अभिनय गर्नेछिन् । फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा तेजकुमार खड्काको पनि निर्माण रहने बताइएको छ ।

अभिनेता विराज भट्टले आफूले बीचमा फिल्म बनाउने सोचे पनि लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्कन लागेको बताए । पछिल्लो समय उनी भोजपुरी सिनेमामा पनि उत्तिकै सक्रिय छन् । उनको भोजपुरी सिनेमामा पनि उत्तिकै क्रेज छ ।

‘मैले कुनै समय भोजपुरी सिनेमा पनि निर्माण गर्नेछु, निर्माण नै गर्ने भए पहिले नेपाली सिनेमा किन नगर्ने भनेर ‘साङ्लो’ बनाउने निर्णय गरेँ, नेपाली फिल्म क्षेत्रसँग छुट्टै माया गाँसिएको छ,’ अभिनेता भट्टले भने ।

यस्तै फिल्ममा अनुबन्ध भएकी नायिका निकिता चन्डकले पनि फिल्मको कथावस्तु मन परेकाले गर्दा अभिनयका लागि राजी भएको बताइन् ।

चलचित्रमा स्किृप्ट शिवम् अधिकारीको हुनेछ । झण्डै २ करोडको लगानीमा निर्माण हुन लागेको यो फिल्म काठमाडौंबाहिर ‘भर्जिन’ लोकेसनमा छायांकन हुनेछ । झण्डै ५० दिन लगाएर छायांकन सकिने भट्टले बताए । उनले यो फिल्मका लागि झण्डै १ वर्षदेखि तयारी गरेको पनि बताए ।

चलचित्रमा कथा हालको समाज हेरेर त्यही अनुसार तयार पारेको निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ३८ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने