११२ नम्बरको जंगे पिलरले छेक्दैन आत्मीयता, के नेपाली के भारतीय ? « Khabarhub

११२ नम्बरको जंगे पिलरले छेक्दैन आत्मीयता, के नेपाली के भारतीय ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल – भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती । नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिफ फुसले बारेका झुप्रा । आजको अन्नपूर्णमा समाचार छ ।

दुई बस्तीका मानिसको भौगोलिक सिमाना नागरिकता फरक । तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थिति पाठामारी वारि पारिका बासिन्दाको आत्मीयतालई भौगोलिक सिमानाले छेकेको छैन । साह्रो गाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरु अघि सर्छन् ।

पारिपट्टि एक महिलाले मुठीभरी जिरा पैचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो, स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ ।’ उनका अनुसार दुई छिमेकीबची भारतीय र नेपाली भन्ने छैन । परेका सबैले सरसहयोग गर्छन् ।

भारततिर आधारभूत सुविधा शून्य छ । नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ । ‘ मेरा चार पुस्ताले यही ठाउँमा जीवन बिताए’, श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन् ।

भारततर्फ बिजुली छैन । अहिलेसम्म मट्टीतेलबाट नै बत्ती बाल्छन् । शौचालय छैन । मेची खोलामा शौच गर्छन् । ‘मठमन्दिर एउटा पनि बनाएका छैनन् । उनीहरु सबै नेपालतिरैका मठमन्दिरमा पूजाआज गर्न आउँछन्,’ हकले भने ।

नेपालतिर राजवंशी, गनगाइ, मुसलमान, मुसहर, साह, दलित र केही पहाडे समुदायका गरेर करिब चार सय घर छन्  भने भारतरित साह, यादव, पश्चिमा र मुसलमान गरेर दुई सय घर छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : ३० बजे

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले