हावाहुरीले घरको जस्तापाता उडाएर काट्दा अञ्लीको मृत्यु, ८० घरमा क्षति « Khabarhub

हावाहुरीले घरको जस्तापाता उडाएर काट्दा अञ्लीको मृत्यु, ८० घरमा क्षति


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।

साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु हो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले बताए ।

हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले जानकारी दिए । । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्‍याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए ।

हावाहुरीले घरको छानो उडाइदिएको छ । हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : ०६ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन