च्याम्पियन्स लिग जिताउने प्रशिक्षकलाई लामो समय राख्न चाहन्छ लिभरपुल « Khabarhub

च्याम्पियन्स लिग जिताउने प्रशिक्षकलाई लामो समय राख्न चाहन्छ लिभरपुल


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– च्याम्पियन्स लिग जिताएपछि लिभरपुलका म्यानेजर जेर्गन क्लपसँग अनुवन्धन थप गर्न क्लब उत्सुक देखिएको छ ।

आइतवार मड्रिडमा सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा २–० को जीत निकालेर घर फर्किएका क्लापलाई ७ लाख ५० हजार भन्दा धेरै प्रशंसकले स्वागत गरेका छन् । क्लापको लिभरपुलसँगको सम्झौता २०२२ मा सकिँदैछ । फेनवे स्पोर्टस् ग्रुपले ५१ वर्षका जर्मन प्रशिक्षकलाई थप समय सुरक्षित गर्न चाहेको बीबीसीले जनाएको छ ।

क्लवका प्रमुख टोम बर्नरले भने,‘जुर्गेन एक विशेष र उच्चस्तरका कोच हुन् । उनी विनम्र र हेरचाह गर्नेखालमा व्यक्ति हुन् ।’

सन् २०१५ मा एकनफिल्डमा आएपछि क्लापको यो पहिलो ठूलो ट्रफि हो ।

‘मलाई थाहा छैन कि लिभरपुलमा कति मानिसहरु बस्छन् तर यहाँ अरु क्लबको प्रशंसकको लागि स्थान छैन’ उनले भने ।

गत सिजनको च्याम्पियन्स लिगको फाइनमा रियलमड्रिडसँग पराजित लिभरपुलले यस सिजनको प्रिमियर लिगमा ९७ अंक हात पार्‍यो र एक पटक मात्र हार्यो । लिगमा लिभरपुल दोस्रो वन्यो । पहिलो स्थानमा सिटी रहन गयो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : ५५ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो