च्याम्पियन्स लिग जिताउने प्रशिक्षकलाई लामो समय राख्न चाहन्छ लिभरपुल « Khabarhub

च्याम्पियन्स लिग जिताउने प्रशिक्षकलाई लामो समय राख्न चाहन्छ लिभरपुल


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– च्याम्पियन्स लिग जिताएपछि लिभरपुलका म्यानेजर जेर्गन क्लपसँग अनुवन्धन थप गर्न क्लब उत्सुक देखिएको छ ।

आइतवार मड्रिडमा सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा २–० को जीत निकालेर घर फर्किएका क्लापलाई ७ लाख ५० हजार भन्दा धेरै प्रशंसकले स्वागत गरेका छन् । क्लापको लिभरपुलसँगको सम्झौता २०२२ मा सकिँदैछ । फेनवे स्पोर्टस् ग्रुपले ५१ वर्षका जर्मन प्रशिक्षकलाई थप समय सुरक्षित गर्न चाहेको बीबीसीले जनाएको छ ।

क्लवका प्रमुख टोम बर्नरले भने,‘जुर्गेन एक विशेष र उच्चस्तरका कोच हुन् । उनी विनम्र र हेरचाह गर्नेखालमा व्यक्ति हुन् ।’

सन् २०१५ मा एकनफिल्डमा आएपछि क्लापको यो पहिलो ठूलो ट्रफि हो ।

‘मलाई थाहा छैन कि लिभरपुलमा कति मानिसहरु बस्छन् तर यहाँ अरु क्लबको प्रशंसकको लागि स्थान छैन’ उनले भने ।

गत सिजनको च्याम्पियन्स लिगको फाइनमा रियलमड्रिडसँग पराजित लिभरपुलले यस सिजनको प्रिमियर लिगमा ९७ अंक हात पार्‍यो र एक पटक मात्र हार्यो । लिगमा लिभरपुल दोस्रो वन्यो । पहिलो स्थानमा सिटी रहन गयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ७ : ५५ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको