नेयमारले गरे बलात्कार आरोप अस्वीकार, जालसाजी भएको बुवाको भनाइ « Khabarhub

नेयमारले गरे बलात्कार आरोप अस्वीकार, जालसाजी भएको बुवाको भनाइ


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलियन फुटबल खेलाडी नेयमारले पेरिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।

प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले पेरिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी छन्। नेयमार फुटबल क्लब प्यारिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायीक खेल खेल्छन्। नेयमारको व्यवस्थापनले एउटा विज्ञप्ति जारी गर्दै उनले आरोपलाई “पूर्ण रूपमा अस्वीकार” गरेको जनाएको छ।

नेयमार अहिले कोपा अमेरिकाका लागि ब्राजिलमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्दैछन्।

प्रहरीका अनुसार नाम नखुलाइएकी ती महिला र नेयमारबीच सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत्‌ चिनचान भएको थियो र नेमारले पेरिसमा उनलाई भेट्न बोलाएका थिए। ती महिलालाई ब्राजिलबाट फ्रान्सका लागि उनले हवाई टिकट उपलब्ध गराएका थिए भने पेरिसस्थित एउटा होटलमा कोठा पनि लिइदिएका थिए।

गत मे महिनाको १५ तारिखमा नेमार होटल आइपुग्दा उनले मदिरा सेवन गरेको “स्पष्ट रूपमा” देखिएको ती महिलाको आरोप छ। कुराकानी र अङ्कमालपछि नेमार “आक्रामक भए र हिंसात्मक रूपमा पीडितको इच्छाविपरीत शारीरिक सम्बन्धमा सक्रिय भएको उजुरीमा उल्लेख गरिएको छ । आरोपहरू सार्वजनिक भएपछि जारी गरिएको एउटा विज्ञप्तिमा नेयमारको व्यवस्थापनपक्षले भनेको छ, “हामी अन्यायपूर्ण आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्छौँ।”

नेमारका बुवा नेमार डस सान्तोसले शनिवार ब्राजिलको ब्यान्ड टीभीसँग कुरा गर्दै “त्यो एउटा जालसाजी भएको स्पष्ट छ” भनेका बीबीसीले उल्लेख गरेको छ । “यदि सर्वसाधारणलाई सत्यतथ्य बुझाइएन भने यो कुरा फैलिँदै जान्छ। ह्वाट्सएपमा नेमार र ती महिलाबीच भएका कुराकानी देखाउनुपर्छ भने हामी देखाउँछौँ,” उनले थपे।

अनुशासनसम्बन्धी पछिल्ला मुद्दाका कारण अग्रपङ्क्तिका २७ वर्षीय यी खेलाडीलाई कप्तानको भूमिकाबाट हटाइएको छ। गत महिना कप डे फ्रान्समा पीएसजी ‘रेन’ बाट पराजित भएपछि एक प्रशंसकलाई हिर्काएका कारण फ्रान्सेली फुटबल अधिकारीहरूले नेमारमाथि तीनवटा म्याचमा प्रतिबन्ध लगाएका छन्।ड्रेसिङ रुममा भएको एउटा झगडामा पनि उनी मुछिएका छन्।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ९ : ०३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका