रोहितको फिल्ममा दीपिका बन्दैछिन् प्रहरी अफिसर ? | Khabarhub Khabarhub

रोहितको फिल्ममा दीपिका बन्दैछिन् प्रहरी अफिसर ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – प्रहरी ड्रामा फिल्मका बादशाह मानिने रोहित सेट्टीले हालै रणवीर सिंहलाई लिएर फिल्म ‘सिम्बा’ बनाए । अहिले उनी अक्षय कुमारसँग फिल्म ‘सूर्यवंशी’ गरिरहेका छन् । अहिले समाचार आएको छ कि, रोहितले सुपरकप युनिभर्समा अर्को एक नाम पनि जोड्न लागेका छन् ।

खबरका अनुसार रोहित सेट्टीले प्रहरीको भूमिकालाई लिएर नयाँ फिल्म निर्माण गर्न लागेका छन् । जसको शीर्षक राखिएको छ, आया पुलिस । यो फिल्ममा हिरो नभएर एक हिरोइनलाई प्रहरीको बर्दीमा देख्न पाइनेछ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै दीपिका पादुकोणलाई फिल्ममा मुख्य रुपमा लिने बताएका छन् । रोहितका साथ दीपिकाको यो पहिलो फिल्म हुनेछ । जसमा उनी एक महिला प्रहरीको भूमिकामा देखिनेछिन् । यसअघि रोहितले प्रहरी अफिसरको भूमिकामा हिरो लिएका थिए भने ‘आया पुलिस’ मा महिला लिने विचार गरेका छन् ।

तर, रोहितले भने यसबारेमा आधिकारिक पुष्टि गरेका छैनन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : २६ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३