कीर्तिमानी योगफल बनाउँदै विश्वकपमा बंगलादेशको शुखद शुरुवात « Khabarhub

कीर्तिमानी योगफल बनाउँदै विश्वकपमा बंगलादेशको शुखद शुरुवात


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्ग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले आफ्नो कीर्तिमानी योगफल बनाएको छ । दि ओभलमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३३० रन बनाएर जित हात पारेको बंगलादेशका लागि यो एकदिवसीय खेलहरुमध्येको सबैभन्दा ठूलो योगफल हो ।

दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि बंगलादेशले ब्याटिङका लागि निम्तो पाएको थियो । जसमा बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रन बनायो । ३३१ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका, बंगलादेशका बलर हावी हुँदा निर्धारित ५० ओभरमा ३ सय ९ रन समेटियो ।

अफ्रिकाविरुद्ध २१ रनको जित निकालेको बंगलादेशका लागि यो योगफल अहिलेसम्मकै एकदिवसीय खेलहरुमध्येको सबैभन्दा ठूलो योगफल भएको आईसीसीले उल्लेख गरेको छ । यसअघि बंगलादेशले बनाएको सबैभन्दा धेरै रन २२६ थियो । जुन कीर्तिमानी अंक शेर इ बंगाल राष्ट्रिय स्टेडिममा बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले ७८ रन बनाए भने शकिव अल हसनले ७५ रन जोडे । रहिम र हसनले १ सय ४२ रनको साझेदारी पारी खेल्दा बंगलादेशले विश्वकपको पहिलो खेलमै कीर्तिमान रचेको हो । बंगलादेशको जितमा बलिङतर्फ मुस्तफिजुर रहेमानले ३ विकेट लिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ५८ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ