गुठी सम्बन्धि विधेयक भूमाफियाको पक्षमा छ– सरोकारवाला « Khabarhub

गुठी सम्बन्धि विधेयक भूमाफियाको पक्षमा छ– सरोकारवाला


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा दर्ता गरेको ‘गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ ’ का कतिपय प्रावधानहरु आपत्तिजनक भएको सरोकारवालाहरुले बताएका छन् ।

राजधानीमा नेपाल गुठी संरक्षण पुचःद्वारा आयोजित अन्तक्रियामा गुठीसँग सम्बन्धित सरोकारवाला व्यक्तिसँग छलफल नै नगरी एकपक्षीय ढंगले विधेयक ल्याएको र सो विधेयक भूमाफियाको पक्षमा रहेको भन्दै चर्को विरोध गरे ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन, गुठी पुचका डा. मदन मानन्धर, पूर्व प्रशासक केशवबहादुर भण्डारी, पूर्वमन्त्री दीपक ज्ञवाली, पुचका अध्यक्ष केदारभक्त माथेमा लगायतको उपस्थिती रहेको थियो ।

गुठीका जग्गा संरक्षणका लागि ०२१ सालमा गुठी संस्थानको स्थापना भएको थियो । सरकारले गुठीलाई जग्गा रुपमा मात्र हेरेको बताउँदै गोविन्द टन्डनले भने,‘गुठी त हाम्रो सँस्कृति हो, संस्कार हो ।’  सो विधेयकले सम्पदा संरक्षण नगर्ने टन्डनले बताए ।

‘सरकारले दर्ता गराएको यो विधेयकले नेपालमा चलिआएको सनातन धर्म नै लोप हुन्छ’ टण्डनले भने । टन्डनले विधेयक पुनर्विचार गर्नसमेत माग गरेका छन् ।

गत वैशाख १९ गते संसदमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गरेको विधेयकमा गुठी संस्थानलाई खारेज गरी प्राधिकरण गठन गर्ने र प्राधिकरण मातहत देशभरिका सबै गुठी ल्याउने प्रस्ताव गरिएको थियो ।

गुठी सञ्चालन गरिरहेका व्यक्तिहरुसँग कुनै जानकारी नगरी सुटुक्क विधेयक ल्याएको पुचःका अध्यक्ष केदारभक्त माथेमाले बताए । शिक्षविद्समेत रहेका माथेमाले सो विधेयक रोक्न कडा कदम चाल्ने चेतावनी दिए ।

त्यस्तै सरकारले गुठीको अवहेलना गर्दै सरकारले यो विधेयक ल्याएको पूर्वमन्त्री दीपक ज्ञवालीले बताए । उनले भने, ‘यो विधेयक पास भयो भने हाम्रो धर्म सँस्कृति नै लोप हुन्छ’ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : ०१ बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको